ad ad

कला


चलचित्र छायांकनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यस्थल बनाउनुपर्छ : उपराष्ट्रपति यादव

चलचित्र छायांकनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यस्थल बनाउनुपर्छ : उपराष्ट्रपति यादव

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १८:३, काठमाडौँ

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताएका छन्।

आइतवार काठमाडौंमा आयोजित ११ औं नेफ्टा फिल्म अवार्डको टप ५ उत्कृष्ट चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रकृतिको सुन्दर उपहार नेपालको भूमी अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि राम्रो गन्तव्यसथल बन्नसक्ने तर यसको प्रचारप्रसार अधिकतम हुनुपर्ने बताए। उनले सबै पक्ष एकजुट भए नेपाली चलचित्र क्षेत्रले थप फड्को मार्ने बताए।

उनले भने, ‘प्रकृतिको सुन्दर उपहार नेपालको भूमी अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि राम्रो गन्तव्यसथल बन्नसक्छ । यसका लागि अधिकतम प्रचारप्रसार गर्न जरुरी छ। सबै पक्ष एकजुट भए नेपाली चलचित्र क्षेत्रले थप फड्को मार्छ।’

उनले नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई थप सुनिश्चितताका साथ कार्यान्वयनमा लैजान चलचित्र क्षेत्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए।

उनले बहुभाषा र बहुसंस्कृति नेपालका मौलिक पहिचान भएकाले यसको परावर्तन हरेक क्षेत्रमा हुन जरुरी रहेको बताए।

११ औं नेफ्टा फिल्म अवार्डको टप ५ चलचित्रमा कबड्डी ४, छक्कापञ्जा ४, ऐना झ्यालको पुतली, राधा र चिसो मान्छे अटाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .