ad ad

कला


विवाह गर्ने तयारीमा सनी देओलका छोरा करण

विवाह गर्ने तयारीमा सनी देओलका छोरा करण

फाइल तस्बिर : छोरा करणका साथमा अभिनेता सनी देओल।


नेपालखबर
बैशाख २२, २०८० शुक्रबार ८:१४, काठमाडौँ

बलिउड अभिनेता सनी देओलका छोरा करण देओलले बिहे गर्ने भएका छन्। 

सनी–पुत्र करणले फिल्मकर्मी विमल रायकी नातिनी दृशा रायसँग विवाह गर्न लागेको खबर भारतीय पत्रिका पिंकभिलाले दिएको हो।

गत वर्ष नै इन्गेजमेन्ट गरेका करण र दृशाले अर्को महिना बिहे गर्ने तयारी गरेको बताइएको छ। 

करणले ‘पल पल दिलके पास’बाट बलिउडमा डेब्यु गरेका हुन्। उनी अब फिल्म ‘आपने २’ मा देखिँदै छन्।

उक्त फिल्ममा करणसँगै सनी देओल, धमेन्द्र देओल र बबी देओलको मुख्य भूमिका रहने बताइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .