ad ad

कला


प्रदेश सांसद् दीपक मनाङेले अब फिल्ममा अभिनय गर्ने

प्रदेश सांसद् दीपक मनाङेले अब फिल्ममा अभिनय गर्ने

फाइल तस्बिर


नेपालखबर
बैशाख २०, २०८० बुधबार १७:३९, काठमाडौँ

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले अब फिल्ममा अभिनय गर्ने भएका छन्। 

पूर्व प्रदेशमन्त्री समेत रहेका उनले अभिनेता सविन श्रेष्ठसँग मिलेर निर्माण गर्न लागेको फिल्म ‘बाघ चाल’मा मुख्य भूमिका निर्वाह गर्न लागेका हुन्। 

यो फिल्मको दशैँअघि छायांकन पूरा गरिनेछ। यसै वर्षको अन्तिमसम्म यो फिल्म प्रदर्शनमा आउने छ।

यो फिल्मको निर्देशन सम्राट बस्नेतले गर्दैछन्। फिल्ममा कथा, पटकथा र संवाद शिवम् अधिकारीको छ।

फिल्मको अधिकांश छायाँकन नेपालमा हुनेछ। एउटा गीत र बाँकी छायाँकन अष्ट्रेलियामा गरिने छ। यो फिल्ममा एक्सन र लभस्टोरी बेस कथा छ।

मनाङेले पहिलो पटक फिल्ममा अभिनय गर्न लागेको बताए। मनाङेले यसअघि छोरा सिद्धार्थ गुरुङलाई अभिनेताका रुपमा फिल्म ‘वन वे’ चलचित्रमा खेलाएका थिए।

मनाङेले ‘पोई पर्‍यो काले’ र ‘दुई नम्बरी’मा पनि लगानी गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .