सर्वोच्च अदालतले भारतीय फिल्म फिल्म ‘द केरला स्टोरी’ को रिलिजमा रोक लगाउन माग गर्दै गरेको निवेदनमा तत्काल सुनुवाइ गर्न अस्वीकार गरेको छ।
न्यायधिश केएम जोसेफको अध्यक्षतामा रहेको इजलासले फिल्म सेन्सर बोर्डबाट प्रमाणीकरणको प्रक्रियामा गुज्रिएकोले निवेदकहरुलाई उपयुक्त मञ्चमा उठाउन भनेको हो।
यो फिल्म आगामी मे ५ मा रिलिज हुँदैछ। अधिवक्ता निजाम पाशाले द केरला स्टोरीमा तत्काल सुनुवाइको लागि अपील गरेका थिए।
उनले सर्वोच्च अदालतमा भनेका छन्, ‘यो फिल्मले घृणायुक्त भाषणलाई बढावा दिन्छ। यो घृणायुक्त भाषणको सबैभन्दा तल्लो स्तर हो। यो श्रव्य दृश्य प्रचार हो।’
न्यायाधीश जोसेफले यस विषयमा तुरुन्त सुनुवाइ गर्न अस्वीकार गरेका छन् भने निवेदनकर्तालाई पहिले उच्च अदालत जान भनेका छन्।
सर्वोच्चले निवेदकलाई प्रश्न गरेको छ, ‘पहिले उच्च अदालत किन नजाने?’
सर्वोच्च अदालतले पनि बोर्डले फिल्मलाई प्रक्रियाअनुसार पास गरेको बताएको छ। यसबारे अधिवक्ता पाशाले भोलिसम्म विस्तृत निवेदन दिने बताए।
यस विषयमा केरला उच्च अदालतमा छुट्टै निवेदन पनि दायर गरिएको छ। अदालतले यस विषयमा केन्द्र र निर्मातासँग जवाफ समेत माग गरेको छ।
Shares

प्रतिक्रिया