ad ad

कला


कवि रमेश क्षितिजको कविता संग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ सार्वजनिक

कवि रमेश क्षितिजको कविता संग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ सार्वजनिक

नेपालखबर
बैशाख १६, २०८० शनिबार १७:१७, काठमाडौँ

कवि तथा गीतकार रमेश क्षितिजको नयाँ कविता सङ्ग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ सार्वजनिक भएको छ। करिब डेढ दशकको अवधिमा कवि क्षितिजले सिर्जना गरेका ५३ वटा जीवनपरक दार्शनिक कविता सङ्ग्रहमा सङ्ग्रहण गरिएका छन्।

पाँच खण्डमा विभाजित सङ्ग्रहका कविताबारे कवि अविनाश श्रेष्ठ भन्छन्, ‘पूर्वीय दर्शनलाई सरल तरिकाले भन्दै काव्यिक संवेदनाको शील्पलाई सरल ढंगले यस सङ्ग्रहका कविताले भनेका छन्। प्रकृति, जीवन, जगत् र मानवीय संवेदनाका विम्बहरूलाई सरल र सहज भाषाशैलीमा प्रस्तुत गर्न सक्नु कवि क्षितिजको विशेषता हो। उनका कविता मन्त्रजस्तै छैनन्, जीवनमन्त्र नै हुन्।’

२०५६ सालमा ‘अर्को साँझ पर्खेर साँझमा’ र २०६६ मा ‘घर फर्किरहेको मानिस’ कविता सङ्ग्रहबाट नेपाली कविता जगतलाई धनी बनाएका कवि क्षितिजको ‘आफैँ आफ्नो साथी भएँ’ गीत सङ्ग्रहका साथै दर्जनौं गीतहरू लोकप्रिय छन्।

‘रमेश क्षितिजका कविता हरेक कवि र कविताप्रेमीका लागि प्रतीक्षित रहन्छन्। यो सङ्ग्रह त उनका फरक विम्बका कविताको सङ्ग्रह हो। त्यसैले यो निकै सङ्ग्रहणीय र पठनीय छ। यसले नेपाली काव्य जगतमा आफ्नो गर्विलो इतिहास बनाउनेछ,’ प्रकाशक बुकहिलले प्रेस विज्ञप्तिमा भनेको छ।

५३ कविताको हार्ड कभर संस्करणको मूल्य जम्मा ४५५ रुपैयाँ रहेको छ। साथै, बुकहिलले उनको पहिलो कविता सङ्ग्रह ‘अर्को साँझ पर्खेर साँझमा’को हार्ड कभर संस्करण पनि यही कविता सङ्ग्रहसँगै सार्वजनिक गरेको छ, जसको मूल्य ४५५ रुपैयाँ राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .