नेपाली कथानक फिल्म ‘दिमाग खराब’ बन्ने भएको छ। केही समय अघिनै निर्माणको चर्चा भएको यो फिल्म बन्न सकेको थिएन।
अब भने फिल्म बन्ने पक्का भएको छ। फिल्म ‘दिमाग खराब’ मार्फत निर्देशक निश्चल बस्नेत निर्देशनमा फर्किने भएका छन्।
फिल्म ‘लुट २’ निर्देशन पछि निश्चलले नयाँ फिल्म निर्देशन गरेका छैनन्। उक्त फिल्मपछि अभिनयमा सक्रिय निश्चलले केही फिल्मका गीतमा आइटम डान्स गरे। निश्चलले आफ्नो सामाजिक संजाल नयाँ फिल्मको औपचारिक घोषणा गरेका हुन्।
‘दिमाग खराब’को औपचारिक घोषणासँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ। फिल्म आगामी वर्षको कार्तिक २४ गते रिलिज हुने छ।
तिहार विदाको फाइदा उठाउन चलचित्र उक्त मितिमा आउन लागेको हो। रौनक विक्रम कँडेलको लगानी रहने फिल्ममा सौगात मल्ल अनुबन्धित भैसकेका छन्।
दयाहाङ राई, स्वस्तिमा खड्का र बुद्धि तामाङ पनि यो फिल्ममा रहने चर्चा छ। निर्देशक बस्नेत र छक्का पन्जा समुह बीच फिल्ममा सहकार्यको बिषयमा छलफल समेत भैरहेको छ।
Shares
प्रतिक्रिया