ad ad

कला


बैरागी काइँलालाई १ लाख राशिको ‘राष्ट्रिय लेखक संघ’ पुरस्कार

बैरागी काइँलालाई १ लाख  राशिको ‘राष्ट्रिय लेखक संघ’ पुरस्कार

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १३:४३, काठमाडौँ

नेपाली लेखक संघले १ लाख रुपैयाँ राशिको 'राष्ट्रिय लेखक संघ पुरस्कार' पुरस्कार घोषणा गरेको छ।

पहिलो वर्ष उक्त पुरस्कार कवि एवं संस्कृतविद् बैरागी काइँलालाई उक्त पुरस्कार दिने निर्णय संघले गरेको छ। पुरस्कार राष्ट्रिय लेखक दिवसको अवसरमा अर्पण गरिने संघका महासचिव सोझो गाउँलेले जानकारी दिए।

यसअघि लेखक दिवस मनाएको थिएन।

राष्ट्रिय लेखक दिवस मनाउने भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न गठित कार्यदलले पेस गरेको प्रस्ताव अनुसार हरेक वर्ष वैशाख १६ गते दिवस मनाउने निर्णय संघले गरेको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न दिवसहरू मनाइँदै आएकोमा नेपालमा पनि लेखक दिवस मनाउने निर्णय गरिएको महासचिव गाउँलेले जानकारी दिएका छन्।

वि.सं. १९८७ मा 'सरस्वती गुठी' नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने तयारी गरेको थियो। पुस्तकालय सञ्चालनका लागि ४५ जना लेखकले हस्ताक्षर गरी निवेदन दिएका थिए। भीम शमशेरले दरबारमा बोलाइ हस्ताक्षर गर्ने सबैलाई दण्डित गरेका थिए। 

लेखलाई दण्डित गरेको वैशाख १६ गतेको दिन लाइब्रेरी पर्वका रुपमा परिचित छ। 

सोही दिन स्मरण गर्दै लेखक संघले लेखक दिवस मनाउने निर्णय गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .