कला


डिभोर्सको ५ महिनापछि काममा सँगै शंकर र जेरी

डिभोर्सको ५ महिनापछि काममा सँगै शंकर र जेरी

जेरी र शंकर क्षेत्री


नेपालखबर
चैत २७, २०७९ सोमबार १८:४३, काठमाडौँ

गायिका बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्ध विच्छेद भएको ५ महिना भयो। त्यसयता यो जोडीले पहिलाेपटक सांगीतिक सहकार्य गरेका छन्। जेरी–शंकरको युगल गायनका साथै सँगै मोड्लिङ गरेको गीतको म्युजिक भिडियो बजारमा आउने तयारीमा छ। 

जेरीले लेखेको गीत गायनमा शंकरले सहकार्य गरेका हुन्। काठमाडौंको कालोपुलस्थित एक ब्यांक्वेटमा लाइभदोहोरी शैलीमा उक्त गीतको भिडियो छायांकन गरिएको छ। उनीहरुले गत कात्तिक २४ गते काठमाडौं जिल्ला अदालत गएर सम्बन्ध विच्छेद गरेका थिए।

गीत छायांकन सेटमा शंकरले आफूहरुको सांगीतिक सहकार्य आगामी दिनमा बाक्लै हुने संकेत दिएका छन्।

उनले भने, ‘डिभोर्सपछि मुख नहेर्ने, देखिनसहने र नराम्रो बोल्ने परिपाटीको अपवादका रुपमा हामी सँगै आएका छौँ।’

उनले लामो समयपछि सहकार्य गर्दा निकै रमाइलो भएको समेत बताए। 

शंकरले छायांकन सेटमै आफूहरुको पुनः मिलनचाहिँ नहुने बताएका छन्। सांगीतिक सहकार्य भने निरन्तर हुने उनको भनाइ छ। 

वास्तविक जीवनमा पुनः मिलनको सम्भावना नभए पनि छोरीका कारण जिन्दगीमा भेट भइरहने उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .