कलाकार दीपकराज गिरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको खुलेर समर्थन गर्छन्।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणप्रति कटाक्ष गर्दै पुनः रविको समर्थन गरेका छन्।
उनले रविको पार्टी राम्रो तर नराम्रो ढाका छिरेको बताएका छन्।
रास्वपाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँको ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा यसैको मात्रै चर्चा छ।
सोही प्रकरणप्रति व्यंग्य गर्दै दीपकले लेखेका छन्, ‘जतिसुकै राम्रो कपडा पसल खोल्छु भने पनि कपडाका थानमा दुईचार कमसल ढाका त छिरिहाल्ने रहेछन्।’
उनको लेखनको आशय राम्रो पार्टीभित्र खराब तत्व छिरेको भन्ने हो।
150
Shares

प्रतिक्रिया