बलिउड अभिनेता सलमान खान विवादमा परेका छन्।
उनको पछिल्लो फिल्म ‘किसी का भाइ किसी की जान’को नयाँ गीतमा लगाएको पहिरनका कारण उनको चर्को विरोध भइरहेको छ।
फिल्मको ‘यन्तमा’ बोलको गीतले दक्षिण भारतीय संस्कृतिको अपमान गरेको आरोप लगाइएको छ।
भारतीय पूर्वक्रिकेटर लक्ष्मण शिवरामकृष्णनले गीतलाई लिएर आक्रोश पोखेका छन्।
सलमानले यो गीतमा लगाएको लुंगी नधोएको भन्दै लक्ष्मणले विरोध गरेका छन्।
उनले गीतमा परम्परागत साउथ इन्डियन पहिरन लगाएर आपत्तिजनक डान्स स्टेप गरेको आरोप लगाएका छन्।
फिल्मको ‘यन्तमा’ गीत बुधबार रिलिज भएको थियो। गीतमा साउथ स्टार वेंकटेश दग्गुबाती र रामचरण पनि देखिएका छन्।
सार्वजनिक गीतको भिडियोमा सलमान लुंगी उठाएर नाचिरहेका छन्। लुंगी दक्षिण भारतको परम्परागत पोशाक हो।
गीतलाई लिएर साउथ क्रिकेटरदेखि कलाकारसम्मले विरोध गरिरहेका छन्।
पूर्वक्रिकेटर शिवरामकृष्णनले यो अत्यन्तै अपमानजनक र हास्यास्पद भएको भन्दै गीतले परम्परागत पोशाकलाई निकै नराम्रो तरिकाले देखाउने प्रयास गरेको आरोप लगाएका छन्।
एक तमिल कलाकारले त नशा खाएर गीत बनाएको आरोप लगाएका छन्। उनले प्रश्न गरेका छन्, ‘दक्षिण भारतका लागि लुंगीको कति महत्व छ भन्ने निर्मातालाई थाहा छ। सलमानको बारेमा भनौं भने उनले थाहा पाएनन् भन्न सक्छौं । तर वेंकटेश र रामचरण दक्षिण भारतबाट आएका हुन्। यो गीतमा उनी कसरी नाच्न सक्छन् र सबैभन्दा पहिले यो लुंगी पनि होइन, लुंगी जस्तै लगाइएको धोती हो।’
सार्वजनिक गीतमा हिन्दी र तेलुगू मिश्रित शब्द छन्। गायक–संगीतकार विशाल ददलानी र पायल देवको स्वर रहेको गीतमा रफ्तारको शब्द र सब्बीर अहमदको संगीत छ।
‘किसी का भाइ किसी की जान’ इदको अवसर पारेर आगामी वैशाख ८ गते रिलिज हुँदै छ।
Shares

प्रतिक्रिया