कला


इटहरीमा गुरुङ भाषा र साहित्यमाथि विमर्श

इटहरीमा गुरुङ भाषा र साहित्यमाथि विमर्श

नेपालखबर
चैत २५, २०७९ शनिबार ७:५७, काठमाडौँ

गुरुङ साहित्यिक मञ्च नेपालले आफ्नो छैटौँ स्थापना दिवसमा दुई प्यानल छलफलसहित इटहरीमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको पहिलो प्यानल छलफल ‘भाषा संरक्षणमा अवसर र चुनौती’ विषयमा परिचर्चा गरिएको थियो। उक्त परिचर्चामा भारत सिलीगुडीका कवि तथा प्रकाशक सुरज गुरुङ, सिक्किमका भाषा शिक्षिका चन्द्र गुरुङ र तमु ह्यूल छोँज धीँ राष्ट्रिय परिषद्का अध्यक्ष केशरमान गुरुङले आफना तर्कहरू पेश गरेका थिए। यस सेशनलाई गजलकार तथा गीतकार सुरज गुरुङले संचालन गरेका थिए।

‘साहित्यमा गुरुङ स्रष्टाको उपस्थिति’ विषयक दोस्रो छलफलमा सहभागी कवि चन्द्र गुरुङले भने, ‘पछिल्लो समय पहिचान महत्वपूर्ण विषय बनेर आएको छ। यसमा धेरै स्रष्टाहरूले लेखिरहेका छन्। सिर्जनशील अराजकता, इतर साहित्य अभियानले यही मुद्दालाई उठाएको छ।’

छलफलमा सहभागी भारतीय गोरखाली कवि तथा समालोचक जय गुरुङले भने, ‘साहित्यले सिमालाई त मान्दैन। यद्यपि एउटा राजनीतिक सीमाले नेपाल र भारतलाई बाँधेको छ। त्यहाँ  गुरुङ साहित्यकारहरूले पनि नेपाली  भाषामै लेखिरहेका छन्।  भारतमा गुरुङ साहित्य चाहिँ न्यून नै छ, शून्य नै छ।’

कार्यक्रममा आमा समूहका सदस्यहरूको नाच र गुरुङहरूको प्रसिद्ध घाँटु नृत्य पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमको अन्त्यमा समावेशी रचना वाचन गरिएको थियो। जसमा धरान, तरहरा, इटहरी, बेलबारी, बराहक्षेत्र, विराटनगर वरपरका स्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए। जसमाथि चर्चित कवि मनु मञ्जिलले टिप्पणी गरेका थिए।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख अतिथि थिए। कार्यक्रम स्थलमा गुरुङ र अन्य भाषाका पुस्तकहरू पनि प्रदर्शनीमा राखिएको थियो। यस छैटौं स्थापना दिवसको कार्यक्रमको संयोजन कवि मिश्रा माया गुरुङले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad