मनोरञ्जन उद्योगमा अभिनेता सौगात मल्ल र पूर्वमिस नेपालसमेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठको प्रेम चर्चा ७ वर्ष भयो। यति लामो अवधिमा उनीहरुको प्रेमको विभिन्न कोणबाट चर्चा भयो। पछिल्लो समय यो जोडी विवाहको तयारीमा रहेको खबर पनि सार्वजनिक भएको थियो। तर, अहिले एकाएक यो जोडीको ब्रेकप भएको हल्ला सुरु भएको छ।
उनीहरुले एकअर्कालाई इन्स्टामा अनफलो गरेको छन् भने सृष्टिले इन्स्टाबाट सौगातका सबै तस्बिर हटाएकी छन्। यो देखेर उनीहरुको ब्रेकअप भएको अनुमान गरिएको थियो।
त्यसो त यसअघि अन्य थुप्रै सेलिब्रेटीले यसैगरी आफ्नो सम्बन्ध टुंग्याएका उदाहरण पनि छन्। त्यसैले सौगात–सृष्टिको ब्रेकअपको हल्लालाई उनीहरुका इन्स्टा परिवर्तनले यसलाई थप बलियो बनाएको छ।
केही वर्षअगाडि विवाह बन्धनमा बाँधिने घोषणा गरेका उनीहरु ब्रेकअपको खबरले सिने बजार गर्माएको छ। यो जोडीले २०७७ सालमै विवाह गर्ने तयारी गरेका थिए। तर त्यतिबेला कोरोना महामारीका कारण विवाह रोकियो। त्यसपछि पुनः विवाहको तयारीमा रहेका सृष्टि र सौगात सहमतिमै छुट्टिएको बताइएको छ।
सौगातले ब्रेकअपको हल्लापछि आफूहरुले सल्लाह गरेरै सम्बन्ध तोडेको बताएका छन्। सृष्टि पछिल्लो समय परिवारसँग लन्डनमा बस्छिन्।
प्रतिक्रिया