बलिउड उद्योगका चर्चित अभिनेता सतीश शाह आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित छन्। उनले आफ्नो करियरमा धेरै सुपरहिट फिल्म दिएका छन्। अभिनेताले आफ्नो अभिनय र कमिक टाइमिङले सधैं फ्यानहरूको मन जितेका छन्। हालै अभिनेता सतीश शाहले पुराना कुरा सम्झँदै शाहरुख खानसँग जोडिएको एउटा किस्सा सुनाए। सतीश शाहले शाहरुख खानसँग फिल्म ‘मैं हूं ना’ मा काम गरेका थिए। यो फिल्ममा सतीश शाहले कलेज प्रोफेसरको भूमिका निर्वाह गरेका छन्। जसलाई बोल्दा थुक्ने बानी थियो।
सतीशलाई यो पात्रको भूमिका निर्वाह गर्न निकै गाह्रो भयो। हरेक संवाद बोल्नुअघि थुक्नु त्यति सजिलो थिएन। उनको अभिनय देखेपछि मानिसहरूले उनलाई थुक्ने कोब्रा पनि भन्न थाले। प्रत्येक दृश्यका लागि सतीश शाहले धेरैचोटि टेक लिनुपरेको थियो। तर, यसको पछाडि शाहरुख खान पनि एउटा कारण थिए। वास्तवमा शाहले थुक्नुअघि धेरै अभ्यास गर्ने गरेको बताए। तर शाहरुख सधैं बीचमा हाँसेर आफ्नो सट बिगार्ने गर्थे।
हालै आफ्नो एक अन्तर्वार्तामा सतीश शाहले हरेक सट सुरु हुनुअघि पानी पिउने गरेको बताए। उनी मुखमा पानी राख्थे ताकि एक शब्द बोल्नेबित्तिकै पानी स्प्रेजस्तै बाहिर निस्कियोस्। सतीश शाहका अनुसार जब उनले शाहरुखलाई गाली गर्ने सिन गर्नुपर्यो, शाहरुखले उनलाई धेरै हैरान पारे। उनले आफूले निकै मिहिनेत गरेको तर शाहरुखले हाँसेर त्यो दृश्य बिगार्ने गरेको बताए।
कुराकानी क्रममा सतीशले अगाडि भनेका छन्, ‘शाहरुखको हाँसोपछि बारम्बार रिटेक लिनुपरेको र त्यो एउटा दृश्यका लागि मात्र ८ वटापटक रिटेक लिनुपर्यो। सेटमा सबैको अनुहारमा हाँसो थियो, जसका कारण उनलाई त्यो अभिनय गर्न निकै समस्या भएको थियो। सतीशका अनुसार आठौं सटपछि शाहरुख हाँसे, तर यसलाई एक इन्सर्ट सटका साथ सच्याइयो। यो फिल्मका लागि सतीश शाहलाई दुईवटा क्यारेक्टर अफर गरिएको थियो। एउटा प्रिन्सिपल र अर्को थुक्ने प्रोफेसर। अमर उजालाबाट
प्रतिक्रिया