ad ad

कला


ट्याटुसँग जीवनको अर्थ खोज्ने आकांक्षाका शरीरमा थिए थरी थरीका ट्याटु

ट्याटुसँग जीवनको अर्थ खोज्ने आकांक्षाका शरीरमा थिए थरी थरीका ट्याटु

नेपालखबर
चैत १३, २०७९ सोमबार १५:१८, काठमाडौँ

अभिनेत्री आकांक्षा दुबेको मृत्युपछि उनको जीवनसँग जोडिएको सानातिना कुराले पनि मानिसको ध्यान तानिरहेको छ।

उनको मृत्युपछि उनीसँग सरोकार राख्ने विभिन्न कुरा सार्वजनिक भैरहेका छन्। भोजपुरी अभिनेत्री आकांक्षाको आत्महत्या प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ। 

उनको परिवार तथा भोजपुरी फिल्म उद्योग उनको मृत्युपछि शोकमा डुबेको छ। उनका परिवारले छोरीको आत्महत्याप्रति विश्वास गरिरहेका छैनन्।

परिवारको लागि आफ्नी छोरी बाँच्दै आएको बताउँदै आफूहरुले पनि उनको राम्रो भविष्यका लागि कुनै कसर बाँकी नराखेको परिवारले बताउँदै आएका छन्। नाँच्न, घुम्न मन पराउने आकांक्षा खुशी केटी भएको उनको परिवारको दाबी छ। 

नृत्य र यात्रासँगै आकांक्षा दुबेलाई ट्याटु मोह पनि निकै थियो। उनले आफ्नो शरीरमा ३ वटा टुयाटु खोपेकी छिन्।  जसलाई उनी प्रायः आफ्नो तस्विर मार्फत सबैसामु प्रस्तुत गर्ने गर्थिन्। उनले हरेक ट्याटुको अर्थ रहेको बताउने गरेकी थिइन्। 

आकांक्षा दुबेको पहिलो ट्याटुको बारेमा कुरा गर्दा, उनको छातीको माथिल्लो भागमा मुटुको धड्कनको ट्याटू थियो। मुटुको धड्कनको ट्याटु, जुन मुटुको गति जस्तो देखिन्छ।

‘यो ट्याटुको एक अर्थ छ कि उसले आफ्नो जीवनको प्रतिनिधित्व गरिरहेको छ। यसको मतलब यो पनि हो कि तपाईं आफ्नो प्रेम मनाउँदै हुनुहुन्छ’ आकांक्षाले भन्ने गरेकी थिइन्।

सामान्यतया मुटुको धड्कन ट्याटू सानो आकारमा मात्र बनाइन्छ।

आकांक्षाले आफ्नो नाडीमा दोस्रो ट्याटु बनाएकी थिइन्। त्यो पातको ट्याटू थियो।

‘पात ट्याटू अर्थ जीवन चक्र हो। यसको मतलब पात मर्छ भने जीवन मर्छ। यसको मतलब यो पनि हो कि हामी मर्छौं र जीवन चल्छ’ उनले आफ्नो ट्याटुका बारेमा बताएकी थिइन्। 

आकांक्षाले आफ्नो गर्धनमा पनि ट्याटु बनाएकी थिइन्। उनले उक्त ट्याटुका बारेमा भने केहि बताएकी छैनन्। र उनको गर्धनमा के ट्याटु खोपिएको थियो भनेर स्पस्ट तस्बिर पनि राखेकी थिइनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .