ad ad

कला


चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

फाइल फाेटाे : अभिनेत्री सुरक्षा पन्त


नेपालखबर
चैत ८, २०७९ बुधबार १९:३६, काठमाडौँ

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ। उgले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ। चलचित्र ‘आमा’ को लागि उनले केश मुण्डन (कपाल खौरिएको) गरेकी थिइन्। एउटा पात्रका लागि यस्तो मेहनत गर्ने नेपाली कलाकारको सङ्ख्या न्यून छ। पात्रमा बाँचेपछि त्यसको भोगाइलाई पनि अपनाउनुपर्नेछ। 

‘मैले काम गर्दा पात्रको सुख र दुःख दुवैलाई महसुस गर्ने गरेकीछु’, अभिनेत्री पन्तले भनिन्, ‘म विधिमार्फत पात्रमा बाँच्ने कोसिस गर्छु।’

यसै महिना अभिनेत्री पन्तको दुई चलचित्र ‘बहाव’ र ‘बुलाकी’ प्रदर्शन हुँदै छ। आज आयोजित पत्रकार भेटघाटमा अभिनेत्री पन्तले दुवै कलाकात्मक दृष्टिकोणले बनाइएको व्यावसायिक चलचित्र रहेको जानकारी दिइन्। ‘बहावमा प्रेमी र विद्रोहीको चरित्रमा अभिनय छ। कलात्मक शैलीमा यसको निर्माण गरिएको छ। बुलाकी भने ग्रामीण भेगको महिलाको कथा हो’, अभिनेत्री पन्तले भनिन्। 

बहावको छायाङ्कनमा उनी सुगासँग नजिकिएकी छन्। उनले भनिन्, ‘कार्यशालादेखि नै सुगासँग भएँ।  एकपटक मैले उसलाई निस्की भनेर पिँजडाको ढोका खोल्दा नि निस्किएन। म अन्योलमा परेँ र डराएँ।  यही भावनालाई कलात्मक शैलीमा चलचित्र बहावमा देखाइएको छ।’ एकसाताकै अन्तरालमा उहाँको दुई चलचित्र प्रदर्शन हुँदै छन्। 

‘नेपालमा प्रदर्शनको लागि कठिन नै छ जस्तो लाग्छ किनकि योजना गरिएभन्दा पनि वितरकसँगकै सल्लाहमा तय हुन्छ’, अभिनेत्री पन्तले भनिन्। त्यसो त एउटै कलाकारकै दुई चलचित्र वैशाख १ मा प्रदर्शन हुँदै छ। अभिनेता दयाहाङ राई अभिनित बिहे पास र जारीसँगै प्रदर्शनमा आउँदै छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .