बलिउड अभिनेता अजय देवगणकी छोरी न्यासा देवगण सधैं आफ्नो मेकअप र ड्रेसअपका कारण चर्चामा रहिरहन्छिन्।
भद्दा मेकअपका कारण उनी सामाजिक सञ्जालमा ट्रोलको शिकार पनि बनिरहन्छिन्। सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि मजाकको विषय बन्ने ती ट्रोलले बलिउड अभिनेता अजयको भने टाउको दुखाइ बनेको छ।
हालैको एक अन्तर्वार्तामा अजयलाई छोरीमाथि हुने ट्रोललाई कसरी हेर्नुहुन्छ भनी प्रश्न गरिएको थियो।
उक्त प्रश्नको जवाफमा अजयले भनेका छन्, ‘म मेरा दुवै बच्चालाई अनलाइनमा लेखिएका कुराहरूबाट चिन्तित हुनुहुँदैन भनेर बुझाउँछु। म भन्छु कि तिमीलाई ट्रोल गर्नेहरुको संख्या तिम्रा फ्यान र दर्शकको तुलनामा धेरै कम छन्। बेवास्ता गर्न सिकेको छु । मैले मेरा छोराछोरीहरूलाई पनि त्यसै गर्न आग्रह गरेको छु।’
सबैको नजर आफ्ना छोरीहरूप्रति भएकाले आफूलाई चिन्ता पनि लाग्ने उनले बताएका छन्।
उनी भन्छन्, ‘म हरेक नकारात्मक कुरालाई रोक्न सक्दिन। न त अनलाइन ट्रोलनै रोक्न सक्छु। कतिपय लेखिएका कुरामा कुनैपनि सत्यता हुँदैन। तर म ती सबै कुराको जवाफ दिन्न। मैले जवाफ दिने बित्तिकै त्यो झन ठूलो मुद्दा भैदिन्छ।’
सामाजिक सञ्जाल प्रयोगकर्ताले किन यस्ता टिप्पणी गर्छन् भन्ने आफूले नबुझ्ने पनि उनले बताए। उनले भने, ‘मलाई थाहा छैन मान्छेको दिमागमा यति धेरै नकारात्मकता कहाँबाट आउँछ? कहिलेकाहीँ के लेख्छन् भन्ने बुझ्दिनँ, त्यसैले अब चिन्ता गर्न छोडेको छु।’
फिल्मप्रति सन्तानको रुचीका बारेमा गरिएको प्रश्नमा भने अजयले छोरीलाई फिल्मप्रति कुनै रूची नभएको बताए। 'न्यासा अझै पनि हाम्रो फिल्म हेर्दैनन्, उनलाई फिल्ममा कुनै रूची छैन,' उनले भने, 'मेरो छोरा युगले भने भर्खरै हिन्दी फिल्म हेर्न थालेको छ।'
प्रतिक्रिया