नेपाली कथानक चलचित्र ‘प्रेमा’को वियोगान्त गीत सार्वजनिक भएको छ। यही चैत १७ गतेदेखि अल नेपाल प्रदर्शनको तयारीमा रहेको फिल्ममा समावेश ‘फूल यो चुडेर’बोलको गीत रिलिज गरिएको हो। एसडी योगीले गाएको उक्त गीत सबिन एकतारेले लेखेका हुन्। गीतमा सुशान्त गौतमको संगीत सुन्न सकिन्छ।
सार्वजनिक गीतमा फिल्मका शीर्ष कलाकार शुभेच्छा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्रीलाई प्रस्तुत गरिएको छ। वियोगान्त शैलीको गीतमा अरुको प्रेम पीडा पोखिएको छ। सार्वजनिक गीतले फिल्मका शिर्ष ३ कलाकारबीचको खटपट देखाइएको छ।
गीतमा तीन पात्रको पीडालाई अलग-अलग भावमा देखाइएको छ। केही दृश्यमा भने उनीहरुको प्रेमलाई पृष्ठभूमिका रुपमा प्रस्तुत गरिएको छ। गीत हेर्दा प्रेमको बढी पीडा शुभेक्षा र अरुणलाई भएको अनुभव गर्न सकिन्छ।
गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म काठमाडौं, धनगढी र कर्णालीमा खिचिएको छ। फिल्ममा अरुण, शुभेच्छा र सृष्टिका साथमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल लगायतका कलाकारले अभिनय गरेका छन्।
गीतको भिडिओ–
Shares
प्रतिक्रिया