ad ad

कला


आँचलको गायिका बन्ने संघर्ष ‘दिउँला माया’मा (भिडिओ)

आँचलको गायिका बन्ने संघर्ष ‘दिउँला माया’मा (भिडिओ)

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १०:३८, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘नाइँ नभन्नु ल ६’को पहिलो गीत सार्वजनिक भएको छ। आगामी वैशाख १ गतेदेखि रिलिजको तयारीमा रहेको फिल्मको ‘दिउँला माया’बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा शरद शंकर र बेनिशा पौडेलको स्वर छ। विकासराज आचार्यले लेखेको गीतमा शरद शंकरले संगीत भरेका छन्। 

सार्वजनिक गीतमा फिल्मका शीर्ष कलाका आशीर्वाद क्षेत्री र आँचल शर्मालाई देखाइएको छ। आशीर्वाद यही फिल्ममार्फत रंगीन दुनियाँमा देखिने तयारीमा छन्। 

फिल्मको सार्वजनिक गीतले आशीर्वाद र आँचलको क्यारेक्टरका बारेमा पनि थोरै बोलेको छ। गीतले आशीर्वाद स्थापित गायक र आँचल गायनमा भविष्य खोज्दै गरेकी गायिकाका रुपमा विकासराज आचार्यले निर्देशन गरेको फिल्ममा सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान कार्यकारी निर्माता छन्। फिल्ममा विकासराज आचार्य र विष्णुमणि दाहालले लगानी गरेका छन्। 

विकासराज आचार्य, सामीप्य तिमिल्सिना, अभिमन्यू निरवीको कथा रहेको फिल्ममा हिमाल केसीको एक्सन, सन्देश शाहको सम्पादन, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी, भूपेन्द्र रायमाझी, वसन्त सापकोटा र शरद शंकरको संगीत छ। 

‘नाइँ नभन्नु ल’ का अघिल्ला ५ सिरिज नेपाली फिल्म उद्योगका सफल फिल्म हुन्। हिट फिल्मको सिरिज भएकाले पनि दर्शकले यो फिल्मको प्रतीक्षा गरेका छन्। फिल्ममा आँचल र आशीर्वादका साथमा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, सलोन बस्नेतलगायत कलाकारले अभिनय गरेका छन्। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .