कला


अभिनयमा फर्किंदै पल, सुरुमा मलिकासँग म्युजिक भिडिओ खेल्ने

अभिनयमा फर्किंदै पल, सुरुमा मलिकासँग म्युजिक भिडिओ खेल्ने

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०७९ आइतबार १३:२३, काठमाडौँ

अभिनेता पल शाहले अभिनयमा फर्किने तयारी गरेका छन्। नाबालिग बलात्कार अभियोगमा जेल परेका पल अघिल्लो सातामात्रै अदालतबाट सफाइ पाएर घर फर्किएका छन्। त्यसपछि परिवारसँग समय बिताइरहेका पल अब भने काममा फर्किने तयारीमा लागेका हुन्। 

यतिबेला उनलाई भेट्न नाम चलेका कलाकार कामको अफर लिएर घरमै धाइरहेका छन्। धेरैले उनीसँग भेट गरेका तस्बिर सामाजिक सञ्जालमा हाल्दै सहकार्यको तयारी भनेर लेखिरेहका छन्।

पलले भने नायिका तथा मोडल मलिका महतसँग सहकार्यको तयारी गरेका छन्। मलिकासँग एक गीतको म्युजिक भिडिओ खेल्ने तयारीमा रहेका पल उक्त गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्ने योजनामा छन्। 

फाइल तस्बिर

मलिकासँगको सहकार्यपछि पलले गायिका अनिता चलाउनेको गीतमा काम गर्ने बताइएको छ। उक्त गीतका लागि भने महिला मोडलको खोजी भइरहेको गायिका अनिताले बताएकी छन्। 

ठूलो फिल्मको अफर लिएर पलसम्म जाने निर्माताको सूची पनि लामै रहेको बुझिएको छ। अहिले उनी फिल्ममा फर्किन विभिन्न निर्माण टिमसँग छलफल गरिरहेका छन्।  पल र मलिकाले यसअघि पनि थुप्रै म्युजिक भिडिओमा सहकार्य गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad