ad ad

कला


पर्खाल नाघेर शाहरुखको मन्नतमा छिरे दुई युवा, सुरक्षागार्डले समाते

पर्खाल नाघेर शाहरुखको मन्नतमा छिरे दुई युवा, सुरक्षागार्डले समाते

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १३:२५, काठमाडौँ

बलिउड अभिनेता शाहरुख खानको मुम्बईस्थित बंगला मन्नतमा दुई युवा बिनाजानकारी पर्खाल नाघेर पसेका छन्। 

समाचार एजेन्सी एएनआईका अनुसार मुम्बईले यस मामिलामा दुवैजनालाई पक्राउ गरी हिरासतमा लिएको छ। 

यो दुई व्यक्ति बिहीबार पर्खाल नाघेर मन्नतमा छिरेका थिए। त्यसबेला उनीहरुलाई दुई तलामाथि पुगेपछि सुरक्षा गार्डले समातेको थियो। 

एएनआईले पुलिसलाई उद्धृत गर्दै जनाएअनुसार यी दुवै युवकको उमेर २० देखि २२ वर्ष छ।

उनीहरु शाहरुखसँग भेट्ने अपेक्षासहित गुजरातबाट मुम्बई आएका थिए। दुवैविरुद्ध जाहेरी दर्ता गरेर जाँच थालिएको छ। 

द इन्डियन एक्सप्रेसका अनुसार बिहीबार बिहानै ३ देखि ४ बजेको समयमा बंगलामा  घुसेका थिए। 

टाइम्स अफ इन्डियाका अनुसार यी दुई युवक मन्नतमा छिरेको समयमा शाहरुख खान 'जवान' फिल्मको सुटिङका लागि बाहिर थिए।

तर उनी युवाहरु घरमा छिरेको समयमा मन्नत आइपुग्न लागेका थिए।

पठान सुपर हिट भएपछि शाहरुख खान अहिले 'जवान' र 'डङ्की' फिल्मको सुटिङमा छन्। 

शाहरुखको 'पठान' ले बक्स अफिसमा एक हजार करोडभन्दा धेरै आम्दानी गर्न सफल भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .