ad ad

कला


वितेको ४ वर्ष सम्झिँदा कहाली लाग्छ शिल्पालाई

वितेको ४ वर्ष सम्झिँदा कहाली लाग्छ शिल्पालाई

नेपालखबर
फागुन १५, २०७९ सोमबार १४:३३, काठमाडौँ

चार वर्षदेखि अदालतमा रहेको अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझाको सम्बन्ध विच्छेद मुद्दाको किनारा लागेको छ।

आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दामा सुनुवाइ गर्दै अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको हो। साथै, अंशबण्डा नभएसम्म मानापाथी भर्न समेत ओझालाई आदेश दिएको छ। 

न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले यस्तो आदेश दिएको हो। तर अदालतले छविकी जेठी पत्नी हेमा ओझाले दायर गरेको बहुविवाहको मुद्दा र छोरा साकार सुनारलाई प्रतिवादी बनाउँदै उमा सुनारले दायर गरेको धर्मपुत्रबारेको मुद्दालाई खारेज गरेको छ। 

डिभोर्सपछि शिल्पाले पछिल्ला चार वर्ष आफूले भोगेका पीडा सुनाउँदै भनिन्, ‘मैले डिभोर्स तथा अंशको मुद्दा दर्ता गरेपछि उल्टै मलाई बहुविवाहाको केसमा फसाइयो। मैले त्यो केसबाट मात्रै होइन सम्बन्धबाट पनि फागुन १४ बाट छुटकरा पाएको छु।’

उनले बहुविवाहमा सफाई पाउँदा सबैभन्दा न्यायको महसुस गरेको बता एकी छिन्।  शिल्पाले अंश मुद्दा हालेपछि छविले सम्बन्धविच्छेद गरिसकेकी पहिली श्रीमतीलाई लाएर शिल्पालाई उल्टै बहुविवाहको मुद्दा हालेका थिए। 

शिल्पाले अंश मुद्दा जितेपनि उनले के कति अंश पाउँछिन् भन्ने कुराको भने टुङ्गो लागेको छैन। शिल्पा भन्छिन्, ‘डिभोर्स केस जितेँ, अंश मुद्दा पनि मेरै पक्षमा फैसला भयो, बहुविवाहमा सफाई पाएँ तर अदालतले गरेका सबै फैसलाहरु लिखित रुपमा आउन डेढ–दुई महिना लाग्ने रहेछ। अंशको रुपमा के कति पाउँछु भन्ने कुरा अहिले निश्चित भएको छैन। सम्पत्ति मात्रै बाँडिने होइन, ऋण पनि बाँडिने हुन्छ।’

चार वर्ष खेपेको मुद्दा मामिलाले आफूलाई धेरै तनाव दिएको शिल्पाले बताएकी छिन्। उनले यो समय झण्डै झण्डै डिप्रेसनमा पुगेको बताएकी छिन्। करिअरको उर्जावान ४ वर्षको समय खेर गएकोमा भन्दा शिल्पालाई यो समय परिवारका मान्छेले गरेको जालसाझीले धेरै दुखेको छ। 

उनी भन्छिन्, ‘कस्तो–कस्तो अवस्थाबाट मलाई कसरी कसरी मेरो परिवारले बाहिर निकालेको छ, त्यो त मलाई मात्र थाहा छ। कस्तो कस्तो केशहरु हालियो, विवाह नै बदर बनाउनेदेखि लिएर धेरै कुराहरु गरियो। डिभोर्स, बहुबिवाह, अंशभन्दा पनि साना साना केशहरु त कति जितियो, जितियो यो चार वर्षको अवधिमा।’

प्रमाण हातमा हुँदा पनि आफ्नो संवेदना र चरीत्रमाथि खेलेकोमा शिल्पाको मन दुखाई रहेको छ। भन्छिन्, ‘हातमा प्रमाण हुँदाहुँदै पनि मानिसहरुले कसरी चलखेल गर्दा रहेछन् भन्ने कुरा मैले राम्रोसँग भोगे। त्यहि जालझेलको कारणले म झण्डै डिप्रेसनमा पुगेकी थिएँ। यो समय म कुन अवस्थाबाट गुज्रिए त्यो मलाई मात्रै थाहा छ।’

भएका कानूनका थुप्रै बुँदामाथि बहस हुनु पर्ने र परिमार्जित हुनुपर्ने महसुस गरेको शिल्पाले बताएकी छिन्। भन्छिन्, ‘कानूनमा पनि थुप्रै छिद्रहरु छन्। नियमहरु प्ुराना छन्। घटनाक्रमहरु नयाँ कोणबाट अगाडी बढ्न थालिसके। कयौं नियममा चित्त बुझेका छैनन्।’ 

उनले आफू सार्वजनिक मान्छे भएकाले केहि हद सजिलो भए पनि सामान्य मान्छेले न्याय पाउने सम्भावना निक्कै कम रहेको उल्लेख गरेकी छिन्। भन्छिन्, ‘म जस्तो शिक्षित व्यक्तिलाई त यति गाह्रो हुने रहेछ, घरेलु हिंसामा पर्ने दुरदराजका महिलाहरुको स्थिति के होला भनेर सम्झँदै कहाली लाग्छ।’

यो ४ वर्षको अवधिमा अन्यायसँग लड्नु पर्ने कुरा बुझेको शिल्पा बताउँछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .