फेब्रुअरी २० मा मुम्बईको चेम्बुरमा एक कन्सर्टका क्रममा सोनु निगमलाई हातपात भयो। उनलाई कुनै चोटपटक लागेन तर उनीसँगै उभिएका व्यक्तिलाई अस्पताल भर्ना गर्नुपर्यो।
यो घटनाबारे गायक मिक्का सिंहले प्रतिक्रिया दिएका छन्।
सिंहले उक्त घटनाले दु:खी र स्तब्ध बनाएको बताएका छन्। यस्तै घटनाबाट बच्न आफूले उत्तर भारतमा हुने कार्यक्रममा १० जना अंगरक्षक लिएर जाने गरेको पनि उल्लेख गरेका छन्।
सिंहले ट्विटरमा लेखेका छन्, ‘प्रतिष्ठित गायक सोनु निगमविरुद्ध मुम्बईमा भएको हमलाको घटना निकै दु:खद छ। जब म उत्तर भारतमा शो गर्छु, यस्तै आकस्मिक घटनाबाट बच्न म कम्तीमा १० अंगरक्षक लिएर हिँड्छु। तर मुम्बईमा मसँग कुनै पनि अंगरक्षक छैनन् किनभने मलाई मुम्बई सबैभन्दा सुन्दर र सुरक्षित लाग्छ। यद्यपि सोनुविरुद्धको घटना मुम्बईमा भएको हो।’
यो घटनाविरुछ प्रहरीले उजुरी दर्ता गरेको छ। यस विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।
Shares

प्रतिक्रिया