गायिका मेलिना राई र सुदिप लामाले भ्यालेनटाइन गीत 'मीठो साथ' सार्वजनिक गरेका छन्। उमेश राउतको शब्द र संगीत रहेको गीत बुधबार सार्वजनिक भएको हो।
भ्यालेनटाइन अर्थात् प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतमा भर्खरै बस्न थालेको माया अनि त्यसले सिर्जना गरेको सुन्दर परिवेशलाई वर्णन गरिएको छ ।
रिदम कँडेलले सङ्गीत संयोजन गरेको गीत अकोस्टिक नेपालमा रेकर्ड गरिएको हो भने प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
माघ २५, २०७९, बुधबार
प्रतिक्रिया