कला


दिवंगत बुवा सम्झिँदै अभिनेत्री निम्रतले लेखिन् भावुक नोट

दिवंगत बुवा सम्झिँदै अभिनेत्री निम्रतले लेखिन् भावुक नोट

नेपालखबर
माघ १२, २०७९ बिहिबार १०:५४, काठमाडौँ

अभिनेत्री निम्रत कौर दिवंगत आफ्ना पितालाई सम्झिएर भावुक भएकी छन्। उनले पिताको २९औँ पुण्यतिथिमा भावुक नोट लेखेकी हुन्। 

उनले लेखेकी छन्, ‘आजको दिन २९ वर्षअघि हामीले अपूरणीय क्षति बेहोरेका थियौं। मेरा स्वर्गीय बुवा अदम्य मानव हुनुहुन्थ्यो। उहाँसँग जोडिएका हरेक व्यक्तिले उहाँलाई आज पनि सम्झिरहन्छन्। चाहे त्यो रगतको नाता होस्, बर्दी होस् वा मित्रता।’

बुबालाई सम्झिँदै निम्रतले आफ्नो नोटको अन्त्यमा लेखेकी छन्, ‘तपाई‌ं सधैँ हाम्रो हृदयमा रहिरहनुहुनेछ।’

निम्रत  कौरका पिता मेजर भूपेनर सिंह भारतीय सेनामा थिए। उनले आफ्नो अन्तिम साससम्म गर्व र बहादुरीका साथ देशको सेवा गरे। उनको सन् १९९४ मा निधन भएको हो। उनको योगदानको सम्मानमा अक्टोबर २०२२ मा पटियालामा सिंहको कास्य प्रतिमा अनावरण गरिएको थियो।

निम्रत आफ्नो दिवंगत बुवाको सालिक अनावरण समारोहमा सहभागी हुन पटियाला पुगेकी थिइन्। उक्त अवसरमा  आफ्नो भावना  व्यक्त गर्दै निम्रतले  सञ्चारकर्मीसँग भनिन्, ‘उहाँको स्मृतिलाई सम्मान गर्न र भारतीय सेनाको यो अद्‌भूत, महान् र अविश्वसनीय समारोहमा सहभागी हुन पाउनु हामी सबैका लागि साँच्चै खुसीको कुरा हो। यो मेरा लागि विशेष क्षण हो।’

निम्रतले अगाडि भनिन् ‘पटियाला मेरो मुटुको धेरै नजिक छ। किनभने म मेरो बुबा त्यहाँ पोस्ट हुँदा दुई फरक कार्यकालमा पटियालामा मेरा आमाबाबुसँग बसेँ। त्यतिबेला म सानै थिएँ। दुर्भाग्यवश हामीले उहाँलाई कश्मीरमा गुमायौँ। मैले पटियालाको एउटा विद्यालयमा ३ वर्ष पढेँ। आज म जहाँ छु त्यसमा पटियालाको महत्त्वपूर्ण योगदान छ।’

उनका बुवा मेजर भूपेनर सिंहलाई मरणोपरान्त शौर्य चक्र प्रदान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .