नेपाल चलचित्र कलाकार संघले संविधानविद् डा. भीमार्जुन आचार्यलाई मानार्थ सदस्यता प्रदान गरेको छ।
आचार्यसँगै दन्त विशेषज्ञ डा. सुवास घिमिरे र समाजसेवी श्याम खड्कालाई पनि संघले मानार्थ सदस्यता प्रदान गरेको छ।
संघले बुधबार विज्ञप्ति जारी गर्दै विधानको परिच्छेद २ को २ (क) अनुसार चलचित्र क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष योगदान पुर्याबापत सदस्यता प्रदान गर्ने निर्णय गरेको जनाएको छ।
संघले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आआफ्ना विधामा ख्याति कमाएका र नेपाली चलचित्र क्षेत्रका लागि योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुलाई मानार्थ सदस्यता दिने गरेको छ।
संघले यसअघि अभिनेत्री मनीषा कोइरालालगायतलाई पनि सदस्यता प्रदान गरेको थियो।
102
Shares
प्रतिक्रिया