कलाकार तथा निर्माता दीपकराज गिरी राजनीतिक विषयवस्तुमा आफ्नो धारणा प्रस्तुत गरिरहेका हुन्छन्। पछिल्लो समय यस कार्यमा दीपक झन् क्रियाशिल भएको देखिन्छ। उनी हरेक राजनीतिक परिवेश र परिस्थितिबारे आफ्ना विचार सामाजिक सञ्जालमा लेखिरहेका हुन्छन्।
गिरीले मंगलबार बिहान पनि फेसबुकमा स्टाटस पोस्ट गर्दै राजनीतिमा आएका नयाँ अनुहारलाई केही समय विश्वास गर्न आग्रह गरेका छन्।
जनताको ठूलो मत पाएर सदनमा पुगेका गृहमन्त्री रवि लामिछाने तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का विषयमा विभिन्न प्रश्न उठ्न थालेपछि उनले उक्त आग्रह गरेका हुन्।
गिरीले नयाँलाई विश्वास गर्न आग्रह गर्दै लेखेका छन्, ‘हामीले कांग्रेस, एमाले, माओवादीलाई वर्षौ विश्वास गर्यौ । अब रवि र बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’
Shares

प्रतिक्रिया