गायक सुदन गैरे नयाँ गीतका साथमा स्रोतामाझ आएका छन्। उनले ‘चाहिँदैन भो पैसाको थुप्रो नि’बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। गायक गैरेकै संगीत रहेको गीतमा पुष्कर सुनुवारको संगीत संयोजन छ।
गीतमार्फत पैसा कमाउनकै लागि विदेशिनु पर्दैन, विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ। गीत गणेश शाहीले लेखेका हुन्।
युवा दम्पतीको जीवन संघर्षको कथा देखाउन खोजिएको गीतको म्युजिक भिडिओमा बिना राउत र सरोज प्रजाको अभिनय छ।
फराज अर्पणको छायाँकन तथा सम्पादन रहेको भिडिओ गणेश शाहीले निर्देशन गरेका हुन्।
54
Shares

प्रतिक्रिया