ad ad

कला


मिस युनिभर्सको स्टेजमा भावुक भइन् हरनाज, झारिन् आँसु (भिडिओ)

मिस युनिभर्सको स्टेजमा भावुक भइन् हरनाज, झारिन् आँसु (भिडिओ)

नेपालखबर
माघ २, २०७९ सोमबार १०:९, काठमाडौँ

७१औँ मिस युनिभर्सको ताज अमेरिकाकी आर बोनी गेब्रिएलले जितेकी छन्। गत वर्षको मिस युनिभर्स विजेता अर्थात् भारतकी हरनाज सन्धु यस विशेष अवसरमा उनलाई ताज लगाउन स्टेजमा पुगिन्।

सोही स्टेजमा फेरि एकपटक हरनाज भावुक भइन्। उनले आँसु थाम्न सकिनन्। मिस युनिभर्सका रूपमा हरनाज सन्धुको यो अन्तिम पदयात्रा थियो। यस क्रममा उनको खुट्टा स्टेजमा ठोक्किएर लड्न पुगिन्। 

उनले मिस युनिभर्सको स्टेजमा गरेको भाषणको अन्त्यमा ‘नमस्ते ब्रह्मण्ड’ भन्ने सम्बोधन सुनिन्छ। यो सम्बोधनसँगै उनका आँखाबाट आँसु झरेका छन्। कालो पहिरनमा त्यहाँ पुगेकी हरनाज निकै सुन्दर देखिएकी थिइन्। 

मिस युनिभर्स बन्नुअघि हरनाजले धेरै उपाधि जितेकी छन्। हरनाजले २०१७ मा टाइम्स फ्रेस फेस मिस चण्डीगढ, २०१८ मा मिस म्याक्स इमर्जिङ स्टार, २०१९ मा फेमिना मिस इन्डिया पञ्जाब लगायतका उपाधि जितेकी उनले २०२१ मा मिस युनिभर्सको उपाधि उचालेकी थिइन्।

लोक प्रशासनमा स्नातकोत्तर गरेकी हरनाजले ‘यारा दियां पु बरन’ र ‘बाई जी कुटङ्गे’ लगायतका फिल्ममा काम गरेकी छन्। 

हेर्नुहोस् भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .