शिल्पा शिरोडकर बलिउड उद्योगमा चर्चित नाम हो। जसले ९० को दशकमा धेरै हिट फिल्ममा काम गरेकी छन्। उद्योगका धेरै दिग्गजसँग काम गरे पनि शिल्पाले धेरैपटक अस्वीकारको सामना गर्नुपरेको थियो। हालै शिल्पाले यो कुरा खुलासा गरेकी छन्।
९० को दशकमा आफ्नो अभिनय र आइटम डान्सबाट हंगामा मच्चाएकी अभिनेत्री शिल्पाले आफ्नो अभिनयको बलमा पूरै उद्योगमा राज गरिन्। शिल्पाले निकै कम समय उद्योगमा काम गरे पनि अभिनयको बलमा धेरै नाम कमाइन्।
तर बढेको तौलका कारण शिल्पाले धेरै अस्वीकारको सामना गर्नुपरेको थियो। हालैको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘उद्योगका मानिसहरूले मोटी र नीच भन्ने गर्थे र अवसरबाट वञ्चित गर्थे।’

९० को दशकमा बलिउडमा ‘छैंछैय्या छैया’ बोलको गीत निकै चर्चित भयो। यो गीतमा सुरुमा अभिनेत्री शिल्पा शिरोडकरलाई कास्ट गर्ने भनिएको थियो। तर पछि मलाइका अरोरालाई कास्ट गरियो। शिल्पाले उक्त गीतमा आफ्नो मोटो शरीरका कारण अवसर नपाएको बताएकी छन्।
करिअरको सुरुवातमा उनलाई मोटी भनिन्थ्यो। त्यसताका उनले आफ्नो मोटो शरीरकै कारण थुप्रै फिल्ममा अवसर नपाएको बताएकी छन्।
शिल्पाले भनेकी छन्, ‘म उद्योगमा सफल हुनसक्छु भन्ने कुराको आत्मविश्वास भर्नमा अनिल कपुर र मिथुन चक्रवर्तीको ठूलो भूमिका छ।’
उद्योगमा आएका बेला मोटी भनेर सबैले हतोत्साहित गरिरहेका बेला मिथुन चक्रवर्ती र अनिल कपुरले उद्योगका लागि शिल्पाको आवश्यकता छ भन्ने आत्मविश्वास दिलाएको शिल्पाले अन्तर्वार्तामा बताएकी छन्। भनेकी छन्, ‘तेलुगु फिल्मको कास्टिङ चलिरहेको थियो अनि अनिल कपुर हैदराबादमा नै आफ्नो फिल्मको सुटिङ गरिरहेका थिए। उनले मेरो बारेमा फिल्मका निर्देशक र निर्मातासँग कुरा गरेँ। मैले फिल्म पाए। यसबाहेक म आज जुन स्थितिमा छु, त्यसमा मिथुन दाको पनि ठूलो भूमिका छ।’
शिल्पा ९० को दशकपछि बलिउडमा चर्चित भइन्। उनले फिल्म ‘बेवफा सनम’बाट निकै चर्चा कमाइन्। यो फिल्मको गीत ‘दिल तोड के हस्ती हो मेरा’ लोकप्रिय भयो। यसबाहेक उनले ‘आंखे, गोपी किशन, प्रतीक्षा र किशन कन्हैया’लगायतका फिल्ममा काम गरिन्। फिल्मी करिअरले पिकअप लिइरहेकै बेला सन् २००० मा उनले बेलायती बैंकर अपरेश रञ्जितसँग विवाह गरिन्। विवाहपछि शिल्पाले फिल्मबाट ब्रेक लिइन्।
सन् २०१३ मा उनले टिभी सिरियल ‘एक मुठ्ठी आस्मान’बाट पुनरागमन गरिन्। त्यसपछि उनले अर्को टीभी सिरियल ‘सिलसिला प्यारका’ मा काम गरिन्। सन् २०२० मा रिलिज भएको फिल्म ‘गन्स अफ बनारस’बाट शिल्पाले फिल्ममा पनि पुनरागमन गरिन्।
Shares

प्रतिक्रिया