ad ad

खेल


डायमण्ड सेमिफाइनलमा, एपीएफको विजयी सुरुवात

डायमण्ड सेमिफाइनलमा, एपीएफको विजयी सुरुवात

फाइल।


नेपालखबर
पुस २६, २०७९ मंगलबार १२:२४, काठमाडौँ

न्यु डायमण्ड क्लब एक खेल अगावै सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

महिलातर्फ डायमण्ड र पुलिस क्लबले एक खेल अगावै अन्तिम ४ मा स्थान बनाएका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा डायमण्डले एभरेष्ट क्लबलाई सोझो सेटमा पराजित गर्दै एक खेल अगावै अन्तिम ४ मा पुगेको हो। 

डायमण्डले एभरेष्टलाई २५–७, २५–१० र २५–१२ ले पाखा लगायो। 

आजै भएको महिलातर्फकै पहिलो खेलमा गण्डकी प्रदेशलाई हराउँदै एपीएफ क्लबले च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। 

राखेप कर्भडहलमा एक पक्षिय खेलमा एपीएफले गण्डकीलाई २५–१५, २५–१० र २५–११ ले हराउँदै विजयी सुरुवात गरेको हो। 

च्याम्पियनसिपमा मगंलबार पुरुषतर्फका ४ खेल हुनेछन्। च्याम्पिनयसिपको पुरुष र महिला दुवै तर्फका विजेताले समान ४ तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .