कुञ्जना घिमिरे ‘सुन्तली’को निर्देशनमा निर्माण भएको वेब सिरिज ‘मैं राम्री’को आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ।
सामाजिक विषयवस्तुमा आधारित वेब सिरिज ‘मैं राम्री’ ‘धुर्मुस सुन्तली’ युट्युब च्यानलबाट हरेक बिहीबार साँझ पौने ७ बजे प्रिमियर हुनेछ।
नेपाली समाजका विभिन्न विषयवस्तु सिरिजमा उतारिएको निर्देशक कुञ्जनाले बताएकी छन्।
उनले भनेकी छन्, ‘हामीले युवा पुस्ताको जीवनमा आउने उताढचढावलाई मुख्य विषय बनाएका छौं।’
मित्र गुरुङले सम्पादन गरेको सिरिजमा रामबाबु रेग्मी, गीता अधिकारी, दिनेश काफ्ले, सन्तोष बानियाँ, रेखा लिम्बू, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई र मिलन राईले अभिनय गरेका छन्।
शुबिहानी फिल्म्सको ब्यानरमा निर्माण भएको सिरिजका केही भाग छायांकन भइसकेका छन् भने अन्य भागको तयारी भइरहेको छ।
Shares

प्रतिक्रिया