कला


सलमान खानको पहिलो प्रेम कविर सिंहकी अभिनेत्री कियाराकी सानीमा

सलमान खानको पहिलो प्रेम कविर सिंहकी अभिनेत्री कियाराकी सानीमा

नेपालखबर
पुस १०, २०७६ बिहिबार ९:४९,

यसबीचमा सलमानको पहिलो प्रमेबारे खुलासा भएको छ। सलमानको प्रेमको चर्चा विभिन्न अभिनेत्रीसँग भइसकेको छ।

सलमानको नाम यसअघि एश्वेर्या राय, कट्रिना कैफ, संगीता बिजलानीसँग जोडिएको थियो। यतिबेला सलमानको पहिलो प्रेमबारे भारतीय संचारमाध्यममा चर्चा सुरु भएको छ।

सलमानको पहिलो प्रेम कविर सिंहकी अभिनेत्री कियारा आडवाणीकी सानी आमा भएको बताइएको छ।

जब सलमान १९ वर्षका थिए, उनको र शाहीन जाफरीबीच प्रेम सम्बन्ध स्थापित भएको थियो। शाहीन जाफरी कियाराकी सानी आमा हुन्।

भारतको संचारमाध्यम डीएनएका अनुसार कियाराले डीएनएसँगको अन्तर्वार्ताका क्रममा सलमान र शाहीनलाई भेट गराउन उनकी आमाले महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन्।

उक्त अन्तर्वार्तामा कियाराले नै सलमानको पहिलो प्रेम उनकी सानी आमा शाहीन जाफरी भएको बताएको जनाइएको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad