कारोबार


भूकम्प पछिको पुननिर्माणमा ८३ प्रतिशत उपलब्धि

भूकम्प पछिको पुननिर्माणमा ८३ प्रतिशत उपलब्धि

नेपालखबर
पुस १०, २०७६ बिहिबार ९:५८,

राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माणमा ८३ प्रतिशत उपलब्धि हासिल गरेको जनाएको छ। 

प्राधिकरणले आफ्नो स्थापनाको चार वर्ष पुरा भई पाँच वर्ष प्रवेश गरेको अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको ६ वटा क्षेत्रमा ८३ प्रतिशत उपलब्धी हासिल भएको जनाएको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ८३ प्रतिशत उपलब्धी मध्ये ६९ प्रतिशत सम्पन्न भइसकेको र १४ प्रतिशत पुननिर्माणको क्रममा रहेको बताए।

उनले निजी आवास पुननिर्माणमा ८६ प्रतिशत प्रगति भएको बताए। उनले ७ लाख ८० हजार १ सय ६५ निजी आवासको पुननिर्माण गर्नुपर्नेमा अहिले सम्म ४ लाख ८२ हजार ३ सय २३ घरको पुननिर्माण सम्पन्न भइसकेको जानकारी दिए। उनले १ लाख ८९ हजार ४१ वटा घर बन्दै गरेको समेत जानकारी दिए।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ७ हजार ५ सय ५३ विद्यालय मध्ये ५ हजार ३ सय ८० विद्यालयको पुननिर्माण भइसकेको र १ हजार ७ सय ८७ विद्यालयको काम भइरहेको समेत जानकारी दिए। त्यस्तै ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ को पुननिर्माण सम्पन्न भएको र १ सय २३ सम्पादाको काम भइरहेको छ। १ हजार १ सय ९७ स्वास्थ्य संस्था मध्ये ६ सय ६५ को पुननिर्माण सम्पन्न भएको र १ सय ४९ वटा बन्दै गरेको उनले बताए।

त्यस्तै ४ सय १५ सरकारी भवन मध्ये ३ सय ५९ को सम्पन्न भएको तथा ४९ वटाको काम भइरहेको उनले बताए। उनले पुननिर्माणमा अहिलेसम्म ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको र त्यसमा सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको बताए। उनले पुननिर्माणका बाँकी काम सम्पन्न गर्न अझै ३ अर्ब रुपैयाँ लाग्ने र यसै आर्थिक वर्षमा ३४ अर्ब रुपैयाँ खर्च हुने बताए।

त्यस्तै असुरक्षित स्थानमा रहेका ४ हजार २ सय ४ घरपरिवार र ८ हजार ७ सय ४४ भूमिहिनहरुलाई जग्गा खरिद तथा व्यवस्थापनको व्यवस्था मिलाएको उनले बताए। ७ सय ६२ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा ४ सय ४३ किलोमिटर सडकको पुननिर्माण सम्पन्न भएको र ७ सय ९१ खानेपानी योजनाहरु मध्ये ६ सय ७० वटा योजनाहरु कार्यान्वयनमा भएको जानकारी उनले दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad