कला


छिट्टै विवाह गर्दै ‘डिभोर्सी’ मलाइका

छिट्टै विवाह गर्दै ‘डिभोर्सी’ मलाइका

अभिनेत्री मलाइका अरोरा


नेपालखबर
पुस १५, २०७९ शुक्रबार ११:१७, काठमाडौँ

अभिनेत्री मलाइका अरोरा पछिल्लो समय ओटीटी शो ‘मुभिङ इन विथ मलाइका’का कारण चर्चामा छिन्। शोको पछिल्लो एपिसोडमा उनले आफ्नो दोस्रो विवाहको योजना खुलाएकी छन्। उनले आफ्नी बहिनी अमृता अरोराको पनि विवाहको तयारीमा रहेको बताएकी छन्। 

मलाईकाले आफ्नो चाँडै विवाह हुने जानकारी दिएकी छन्। उनले आफ्नो विवाहमा आमाको हिराको ब्रेसलेट पनि लिने बताएकी छन्। तर उनले कहिले र कोसँग विवाह गर्ने भन्ने कुरा खुलाएकी छैनन्। 

मलाइका अरोराले सन १९९८ मा अभिनेता अरबाज खानसँग विवाह गरेकी थिइन्। १९ वर्षे वैवाहिक जीवनमा पूर्णविराम लगाउँदै मलाइकाले सन् २०१७ मा खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन्। त्यसयता एकल जीवन बिताइरहेकी मलाइकाले दोस्रोपटक विवाह गर्न लागेकी हुन्। 

मलाइका र अरबाजका एक छोरान अरहान छन्। सम्बन्ध विच्छेदपछि पनि मलाइका र अरबाज प्रायः छोरासँग भेटिइरहन्छन्। मलाइकाले सम्बन्ध विच्छेदका बेला अरबाजसँग १५ करोड भारु लिएकी थिइन्। 

डिभोर्सपछि मलाइका अभिनेता अर्जुन कपूरसँग डेट गरिरहेकी छन् भने अरबाज खान मोडल जर्जिया एन्ड्रियानीसँग डेट गरिरहेका छन्। केही समयअघि मात्रै अरबाज र जर्जियाको ब्रेकअपको खबर बाहिर आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad