ad ad

कला


विवेक र ऐश्वर्याको त्यो प्रेम

विवेक र ऐश्वर्याको त्यो प्रेम

नेपालखबर
पुस १, २०७९ शुक्रबार ११:१, काठमाडौँ

कुनै समय अभिनेता विवेक ओबेरोय अभिनेत्री ऐश्वर्या रायको प्रेममा थिए। विवेक र ऐश्वर्याको प्रेम जीवनको अन्त्य भएको लामो समय भइसक्यो। तर फ्यानले उनीहरुको टुटेको प्रेमलाई बेलाबेला सम्झिरहन्छन्। 

विवेक भने यो प्रेमका बारेमा बोल्न चाहँदैनन्। उनलाई हालै एक अन्तर्वार्तामा पनि  ऐश्वर्यासँगको सम्बन्धबारे सोधियो। उक्त प्रश्नमा विवेकले जीवनको त्यो अध्याय पूर्ण रूपमा बन्द भइसकेको मात्रै बताए। 

बलिउड बबललाई दिएको अन्तर्वार्ताका क्रममा विवेकलाई सोधिएको थियो– ‘करियरको सुरुमा पूर्व प्रेमिका ऐश्वर्या रायसँगको सम्बन्ध सार्वजनिक नगरेको भए हुन्थ्यो भन्ने लाग्दैन?’

जवाफमा विवेकले भनेका छन्, ‘म यो प्रश्नको जवाफ दिने छैन, किनकि मेरो जीवनको त्यो चरण बितिसकेको छ।’

ऐश्वर्यासँगको प्रेम र विवादको असर विवेकले फिल्मी करिअरमा पनि भोग्नुपरेको थियो। त्यही बेलादेखि विवेकले सार्वजनिक हमलाबाट जोगिन आफूले दिने अभिव्यक्तिबाटै जोगिनुपर्ने पाठ सिकेका हुन सक्छन्।

उनी भन्छन्, ‘मलाई लाग्छ - यदि तपाईं आफ्नो पर्सनल जीवनको बारेमा मानिसहरूले चर्चा वा कुरा नगरुन् भन्ने चाहनुहुन्न भने तपाईंले सार्वजनिक रुपमा यस्ता कुरा गर्नबाट जोगिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .