ad ad

कला


विवाहअघिको फोटो सेसनमा यसरी भयो नागरिकता कानुनको विरोध (फोटोफिचर)

विवाहअघिको  फोटो सेसनमा यसरी भयो नागरिकता कानुनको विरोध (फोटोफिचर)

नेपालखबर
पुस ६, २०७६ आइतबार ११:२७,

भारतका एक जोडीले आफ्नो विवाह पूर्वको फोटो सेसनमा भारतमा हालै सरकारले ल्याएको नागरिकता कानुनको विरोध गरेका छन्।

भारतको केरला राज्यको तिरुवनन्तपुरम निवासी जीएल अरुण गोपी र आशा शेखरको जाेडीले हालसालै विवाहपूर्वको फोटो सुट गराए। ‘फर्स्ट लुक फोटोग्राफी’ले उनीहरूको फेसबुक पेजमा जोडीको फोटो सेयर गरेपछि उनीहरुको फोटो अहिले सामाजिक सञ्जालमा भारइल बनिरहेको छ।

प्री-वेडिंग फोटोशूट में कपल ने किया CAA-NRC का विरोध, तस्वीरें वायरल

आशा र अरुणको विवाह २०२० को जनवरी ३१ का लागि तय भएको छ। विवाह अगाडि नै गरिएको फोटोसुटमा उनीहरुले सीएए र एनआरसीको विरोध गरेका छन्। यी फोटोहरू फेसबुकमा पोस्ट गर्दै उनीहरुले क्यापसनमा लेखेका छन्, ‘हामी सँगै छौं। त्यसकारण देश पनि सँगै हुनुपर्छ।

प्री-वेडिंग फोटोशूट में कपल ने किया CAA-NRC का विरोध, तस्वीरें वायरल

अहिले भारतभर सीएए र एनआरसीलाई लिएर विरोध प्रदर्शन भइरहेको छ। सरकारविरोधी यो प्रदर्शनमा अहिलेसम्म २३ जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने सयौँ घाइते र हजारौँलाई पक्राउ गरिएको छ।

भारतमा जारी आन्दोलनलाई समर्थन गर्दै उनीहरुले सो फोटो सेसनमा ‘नो सीएए’ र ‘नो एनआरसी’ लेखिएको प्लेकार्ड बोकेर उभिएका छन्।

Image result for प्री-वेडिंग फोटोशूट में कपल ने किया CAA-NRC का विरोध

 एनआरसीले धार्मिक उत्पीडनको कारण पाकिस्तान, अफगानिस्तान, बंगलादेशबाट भारत आएका हिन्दू, इसाई, सिख, पारसी, जैन र बौद्धलाई नागरिकता प्रदान गर्ने काम गर्दछ भने एनआरसीले वैध नागरिकको रेकर्य राख्दै अवैध अवैध बासिन्दाहरुलाई देश निकाला गर्ने काम गर्दछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .