ad ad

कला


दबंग ३ को कमाइभन्दा आन्दोलन महत्वपूर्ण : सोनाक्षी

दबंग ३ को कमाइभन्दा आन्दोलन महत्वपूर्ण : सोनाक्षी

नेपालखबर
पुस ६, २०७६ आइतबार ११:१५,

बलिउड अभिनेतृ सोनाक्षी सिन्हाले आफ्नो फिल्म दबंग ३ को कमाइभन्दा भारतमा जारी राष्ट्रव्यापी प्रदर्शन महत्वपूर्ण भएको बताएकी छन्।

भारतमा अहिले नागरिकता संशोधन कानुनको विरोधमा देशभर प्रदर्शन भइरहेको छ। जसमा २३ जनाले ज्यान गुमाइसकेका छन्।

‘दबंग ३ को पहिलो दिनको कमाइबारे भन्दा देशभर भइरहेका प्रदर्शनबारे छलफल गर्नु महत्वपूर्ण छ,’ सोनाक्षीले आइतबार भनिन्।

गत शुक्रबार रिलिज भएको दबंग ३ ले दुई दिनमा ४९ करोड भारतीय रुपैयाँ कमाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .