ad ad

कला


‘खुस्मा’ को गीत ‘रुकुम मैकोट’ ग्लोबल ट्रेन्डिङको ७३ औं स्थानमा

‘खुस्मा’ को गीत ‘रुकुम मैकोट’ ग्लोबल ट्रेन्डिङको ७३ औं स्थानमा

नेपालखबर
असोज ७, २०८१ सोमबार १४:५४, काठमाडौँ

हलमा प्रदर्शनरत फिल्म ‘खुस्मा’ को गीत ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङका परेको छ। यो गीत ग्लोबल ट्रेन्डिङको ७३ औं स्थानमा छ।

युट्युवले विश्वव्यापी हेरिएका शीर्ष १०० गीतको भिडिओलाई सार्वजनिक गरेको छ। जसमा टिकटकदेखि सामाजिक सञ्जालमा छाएको यो गीत पर्न सफल भएको हो।

यो गीत नेपालको युट्युवको म्युजिकतर्फको ट्रेन्डिङमा केही दिनदेखि पहिलो नम्बरमा छ। यस गीतलाई हालसम्म १ करोड ४२ लाख बढी पटक हेरिएको छ। यसरी ग्लोबल ट्रेन्डिङमा पुग्ने पहिलो फिल्मको गीत हो।  

सुरेन्द्र रानाको शब्द रचना सरेको गीतमा एसडी योगी र शान्तिश्री परियारको स्वर छ। गीतमा संगीतकार एसडी योगीको संगीत निर्देशन रहेको छ।

गीतको भिडिओमा फिल्मका मुख्य कलाकार धिरज मगर  र उपासना सिंह ठकुरी फिचर्ड छन्। रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ।

यसअघि ग्लोबल ट्रेन्डिङमा परेको नेपाली गीत ‘कश्मिरे पछ्यौरी’ अझै यथावत छ। यो गीत अहिले ग्लोबल ट्रेन्डिङको ८२ औं स्थानमा छ। यस गीतलाई हालसम्म २ करोड ६१ लाख बढी पटक हेरिएको छ।

हलमा राम्रो व्यापार गरिरहेको ‘खुस्मा’ मा अशोक थापा मगरको लेखन तथा निर्देशन छ। उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय फिल्म हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .