ad ad

कला


पतिसँग पहिलोपटक देखिएकी रेखाले भनिन् : बुझ्ने मान्छे पाएँ

बलरामले रेखालाई पर्फेक्ट वाइफ र देवीको उपमा दिए
पतिसँग पहिलोपटक देखिएकी रेखाले भनिन् : बुझ्ने मान्छे पाएँ

श्रीमान्‌का साथमा रेखा थापा


नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार ९:४३, काठमाडौँ

अभिनेत्री रेखा थापाले अघिल्लो वर्ष सुटुक्क विवाह गरिन्। बलराम शाहीसँग रेखाले गरेको अदालती विवाह केही समय गुपचुप नै रह्यो। गत वर्ष फागुन २ गते रेखाको विवाहको खबर सार्वजनिक  भयो। त्यसपछि रेखाले आफ्नो विवाह स्विकार गरिन। तर यो जोडी सँगै कतै देखिएन। 
त्यसलगत्तै राजनीतिमा होमिएकी रेखा राजनीतिक कार्यक्रमै व्यस्त रहिन्। फिल्ममा क्रान्तिकारी महिलाको भूमिकामा देखिने रेखा सार्वजनिक कार्यक्रममा भने सिउँदोभरि सिन्दुरका साथ देखिइन्। उनकै समयमा विवाह गरेका केकी अधिकारी, वर्षा शिवाकोटीलगायतका नायिका टिपटप बनेर हिँडिरहेका बेला रेखा भने प्राय: कुर्ता तथा सारिमा देखिइन्। 

हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङबाट उम्मेदवार बनेकी रेखाले पराजय भोगिन्। त्यसलगत्तै रेखा श्रीमान् बलरामका साथमा देखा परिन्। अभिनेता सलोन बस्नेतको रिसेप्सन पार्टीमा रेखाले पहिलोपटक श्रीमान्‌को साथमा मिडिया फेस गरिन्। यसअघि उनी कुनै पनि सार्वजनिक कार्यक्रममा श्रीमान्‌का साथमा उपस्थित भएकी थिइनन्।

पहिलोपटक श्रीमतीसँग सार्वजनिक रुपमा निस्किएका बलरामले पनि रेखाको खुलेर प्रशंसा गर्न भ्याए। बलरामले रेखालाई फिल्मी, पर्फेक्ट वाइफ र देवीको उपमा दिए।

उनले भने, ‘विवाह स्वर्गमा बनेको हुन्छ भन्छन्। मेरो कल्पनामा यस्तै कपाल र रङ भएकी पत्नी थियो, त्यही पाएँ।’

श्रीमानको प्रशंसा सुनेर रेखा निकै खुसी देखिन्थिन्। 

रेखाले पनि विवाहपछि आफ्नो स्वभावमा परिवर्तन आएको बताइन्। आफ्नो रिस निकै कन्ट्रोल भएको सुनाउँदै रेखाले बलरामको मायाले फरक पारेको बताइन्।  राजनीति र फिल्मलाई सँगै अगाडि बढाउने बताएकी रेखाले पहिलो प्राथमिकतामा भने राजनीति पर्ने सुनाइन्।

श्रीमान्‌को प्रशंसा गर्दै रेखाले भनिन्, ‘उहाँलाई सुरुमै भेटेको भए फिल्मको हिरो बनाउँथेँ होला। मैले कल्पना गरेजस्तो हुनुहुन्छ। आध्यात्मिक, महिला र कामलाई सम्मान गर्ने मान्छे। देश र विश्वलाई बुझ्ने मान्छे मैले पाएँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .