कला


वर्षालाई केले बनायो यति अस्थिर?

वर्षालाई केले बनायो यति अस्थिर?

अभिनेत्री वर्षा शिवाकोटी


नेपालखबर
मंसिर १, २०७९ बिहिबार १३:४९, काठमाडौँ

अभिनेत्री वर्षा शिवाकोटी केही समययता मौनजस्तै छिन्। अघिल्लो वर्ष मात्रै विवाह गरेकी यी अभिनेत्रीको सम्बन्धमा आएको खटपटको खबर सार्वजनिक भएसँगै उनी चुपचाप छिन्। 

उनले सामाजिक सञ्जालबाट आफ्ना श्रीमान् आशिष गेलालका तस्बिर हटाइन्। साथै अनफलो गरिन्। आशिषले पनि वर्षाका तस्बिर आफ्नो फेसबुकबाट हटाएका छन्। तर दुवै जनाले आफूहरूको सम्बन्धबारे मुख खाेलेका छैनन्।

वर्षाका श्रीमान् प्रवासमा छन्। वर्षा नेपालमा। वर्षाको हातमा अहिले कुनै फिल्म छैन। म्युजिक भिडिओमा व्यस्त रहने उनी पछिल्लो समय छायांकन सेटमा पनि त्यति देखिएकी छैनन्। बरु उनलाई चुनाव लागेको छ। रवि लामिछानेको पार्टीका उम्मेदवारका लाागि भोट माग्दै हिँडिरहेकी छन्। 

यसैबीच वर्षाले बिहीबार बिहान फेसबुकमा एउटा स्टाटस लेखिन्। तस्बिरसहित वर्षाले ‘मौन बसे घमण्ड, केही बोले बहस’ भनेर लेखेकी छन्। उनको यो स्टाटस धेरैले अस्थिर वैवाहिक जीवनप्रति लक्षित भएको लख काटे, त्यसपछि वर्षाले उक्त पोस्ट फेसबुकबाट हटाएकी छन्।

जीवनको अस्थिरता उनले सञ्जालमा पनि पोस्ट राख्ने र हटाउने गरेर देखाएकी छन्।

वर्षाको विवाह भएको १ वर्ष पनि पूरा भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad