र्यापर लाउरे अर्थात् आशिष रानाको प्रेम चर्चा सुरु भएको छ। युवा पुस्तामा लोकप्रिय लाउरे हायात लिम्बुको प्रेममा परेको चर्चा सुरु भएको हो।
केही समययता यी दुईको निकट सम्बन्ध देखिएको छ। उनीहरू सामाजिक सञ्जालमा पनि सँगै देखिन थालेका छन्। सामाजिक सञ्जालमा उनीहरूको प्रेम चर्चा सुरु भएसँगै उनीहरूले सँगै बनाएको टिकटक पनि चर्चामा छ।
टिकटकमा उनीहरू निकै रोमान्टिक देखिएका छन्। हायात र लाउरेको टिकटक हेरेर पनि धेरैले उनीहरू प्रेममा रहेको अनुमान गरिरहेका छन्। हायातले लाउरेसँग बनाएका टिकटक लभ रियाक्टको क्याप्सन राख्दै लाउरेलाई मेन्सनसमेत गरेकी छन्।
टिकटकमा धेरैले उनीहरूलाई शुभकामना दिएका छन्। राम्रो जोडी भनेर प्रशंसा गरेका छन्। लाउरे र हायातले भने आफ्नो सम्बन्धबारे केही बताएका छैनन्।
2.1k
Shares

प्रतिक्रिया