अभिनेता सलोन बस्नेतको फिल्म ‘मिलन’को प्रदर्शन मिति पछि सरकाे छ। यसअघि कात्तिक १८ गते प्रदर्शन गर्ने भनिएको यो फिल्म फिल्म मंसिर ९ गते रिलिज हुने भएको हो।
कात्तिक १८ मा अर्को नेपाली फिल्म पनि प्रदर्शन हुने भएपछि आफ्नो फिल्म पछि सारिएको फिल्मका निर्देशक तथा लेखक टेक पौरखी राईले बताएका छन्।
यो फिल्ममा अभिनेता सलोनका साथमा कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाले शीर्ष भूमिकामा छन्। शिल्पा र कुशल यही फिल्ममार्फत रजतपटमा डेब्यु गर्ने तयारीमा छन्।
फिल्ममा सुमन गुरुङ, शिशिर बांग्देल, विशाल पहाडी, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतका कलाकार पनि देखिने छन्। प्रविन थापाले लगानी गरेको यो फिल्म काठमाडौं र कालिञ्चोकमा छायांकन गरिएको छ।
राहुल राईले छायांकन गरेको फिल्म सम्पादन तारा किम्बे थापाले गरेका छन्।
Shares
प्रतिक्रिया