गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ हलमा दर्शक तानिरहेको छ।
दर्शकले शतप्रतिशत राम्रो प्रतिक्रिया दिएको यो फिल्मले समीक्षकबाट भने मिश्रित प्रतिक्रिया बटुलिरहेको छ। दर्शकको राम्रो साथ पाएको यो फिल्मको कथा मलायालम फिल्म ‘इष्टम’बाट चोरिएको आरोप लागेको छ। सन् २००१ म प्रदर्शन भएको यो फिल्म एकल पुरुषको कथामा बनेको थियो।
यस्तै कथामा सन २००८ मा भारतीय निर्देशक प्रियदर्शनले ‘मेरे बाप पहले आप’ नाममा फिल्म बनाएका थिए। यो फिल्म पनि कमेडी–ड्रामा जनरामा बनेको थियो।
अक्षय अन्ना, जेनेलिया डिसुजा, परेश रावल, ओम पुरी, मनोज जोशी, अर्चना पुरन सिंह, शोबना र राजपाल यादव लगायतका कलाकारले अभिनय गरेको ‘मेरे बाप पहले आप’को कथा र महापुरुषको कथा एकै भएको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महापुरुष’मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ललगायतका कलाकारले अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया