ad ad

कला


पूजा फर्किन् फेसबुकमा

पूजा फर्किन् फेसबुकमा

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १२:५, काठमाडौँ

अभिनेत्री पूजा शर्मा झण्डै एक महिना सामाजिक सञ्जालमा देखा परिनन्। उनले यो एक महिना आफ्नो फेसबुक अकाउन्ट समेत डिएक्टिभ गरेकी थिइन्। 

एक महिनापछि पूजा पुनः सामाजिक सञ्जालमा फर्किएकी छन्।

बिहीबारदेखि उनको फेसबुक र इन्स्टाग्राम अकाउन्ट एक्टिभ देखिएको छ। 

उनी अभिनित पछिल्लो फिल्म ‘सम्हालिन्छ कहिले मन’ रिलिजपछि पूजा सामाजिक सञ्जालबाट गायब भएकी थिइन्। सामाजिक सञ्जालबाट बाहिरिनुअघि उनले आफूलाई बिनाकारण खेदो खनिएको भन्दै असन्तुष्टि पोखेकी थिइन्। 

तर, सञ्जालमा फकिएपछि भने उनले नयाँ व्यवसायको योजनका लागि समय दिन सञ्जालबाट टाढा भएको बताएकी छन्। उनले ललितपुरको झम्सिखेलमा नयाँ व्यवसाय सुरु गर्न लागेको र चाँडै सञ्चालनमा ल्याउने बताइन्। 

पूजाले यसलाई आफ्नो सपनाको प्रोजेक्ट भनेकी छन्। पूजाले झम्सिखेलमा ‘बहुउद्देश्यीय स्पोर्टस लाउन्ज’ सञ्चालन गर्दैछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .