ad ad

कला


विवाहबारे जानकारी दिँदै सलोनले भने– रूम नम्बर १०८ मा भेट भयो, फोनबाट प्रपोज गरेँ

विवाहबारे जानकारी दिँदै सलोनले भने– रूम नम्बर १०८ मा भेट भयो, फोनबाट प्रपोज गरेँ

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ९:४५, काठमाडौँ

अभिनेता सलोन बस्नेतले आगामी मंसिर १२ गते विवाह गर्दैछन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले आफ्नो ४ वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको बताएका छन्। 

उनले एउटा यात्रा पूर्ण बिराम लागेर अर्को यात्रा शुरु गरेको अवसरमा विवाहको सबै टुंगो लागिसकेपछि प्रेमिकाको नामको ट्याटु हानेको बताए। उनले आफ्नो प्रेम यात्रा रूम नम्बर १०८ को गीतका लागि मोडल खोज्ने क्रममा भएको र त्यसपछि आफ्नो प्रेमको बारेमा फोनबाट प्रपोज गरेको बताए।

‘सबै फिक्स भएपछि ट्याटू हानेको हो। एउटा यात्रा पूर्ण बिराम लागेर अर्को यात्रा शुरु गर्दा ट्याटु हानेको हो,’ बस्नेतले भने, ‘हामीसँगै भएपछि धेरै राम्रो परिवर्तन भयो मेरो जीवनमा। मोडल खोज्दा रूम नम्बर १०८ को काममा सँगै भेटेको हो। बानेश्वरमा भेट भयो। फोनमा गरेँ प्रपोज।’

त्यस्तै, गायक कलाकार आमेष भण्डारीले पहिलो पटक काठमाडौंमा सलोन र आफूले म्युजिक लाइभ गर्न लागेको बताउँदै सबै आएर हेर्न आग्रह गरे। अभिनेता शोभित बस्नेतले सलोनको आफूभन्दा पुरानो मान्छे कोही नभएपनि अहिले प्रेमिकाको नामको ट्याटु हानेको बताए। उनले भने, ‘म भन्दा पुरानो सलोनको कोही छैन होला, तर मेरो नाम कतै छैन, अहिले त ट्याटु हान्न थालिसकेछ, यो यात्रा सफल होस्।’

आगामी कार्तिक ६ गते लिक्विड तिहार हंगामा लाइभ म्युजिक हुने पनि सो कार्यक्रममार्फत जानकारी गराइएको छ।  आमेष भण्डारी र सलोन बस्नेतले गीत गाउने भएका हुन्। लिक्विड तिहार हंगामा लाइभ म्युजिक दरबारमार्गमा राति ९ देखि १२ बजेसम्म दुवै गायकले आफ्नो प्रश्तुती दिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .