कला


जब स्टेजमै रोइन् रचना

जब स्टेजमै रोइन् रचना

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार २१:५६, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘महापुरुष’ टिम यतिबेला फिल्म प्रचार यात्रामा छ।

यो यात्रामा फिल्म निर्माण टिमसँगै छन् कमेडियन सुमन कार्की, विकाश अर्याल, गायक निशान भट्टराई, गायिका रचना रिमाल लगायतका कलाकार। यो टिम देशका विभिन्न शहरमा फिल्म प्रचारका लागि शो गर्दै हिडेको छ।

यही टिम मंगलबार पोखरामा पुग्यो। शोका क्रममा गायिका रचना रिमाल भक्कानिएर रोइन्।

उनीभन्दा अगाडि मञ्चमा उभिएका विकास अर्यालले टिकटक सेलिब्रिटीलाई लक्षित गर्दै टिकटक चलाएर इज्जत बेचेको भनेर कटाक्ष गरेका थिए। विकासले रचनाको नाम पनि जोडिदिए।

त्यहि कुराले रचनाको मनमा बिझाएछ। विकासको व्यंग्यले रचनालाई रुहायो। उनी स्टेजबाट रुँदै बाहिरिन्।

रचनाले टिकटक चलाउँदैमा कसैको इज्जत नजाने भन्दै आँसु झारेपछि माहोल एकाएक भावुक भयो। कार्यक्रम अगाडि बढ्न सकेन।

सार्वजनिक रुपमा रचनाले चित्त दुखाएपछि कमेडियन अर्यालले माफी मागे। त्यसपछि बल्ल कार्यक्रम अगाडि बढाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad