ad ad

कला


सत्य घटनामा आधारित आर्टमाण्डूको नयाँ म्युजिकल फिल्म ‘धागो’ रिलिज

सत्य घटनामा आधारित आर्टमाण्डूको नयाँ म्युजिकल फिल्म ‘धागो’ रिलिज

नेपालखबर
असोज ३१, २०७९ सोमबार २१:२३, काठमाडौँ

आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ। 

आइतबार ‘धागो–सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको हो। एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुशान्त गौतमको संगीत रहेको छ।

दसैँ र तिहारको परिवेशमा खिचिएको गीत सत्य घटनामा आधारित छ।

दसैँ र तिहारकै परिवेशमा एक परिवारले फरक समयमा दुई सदस्यलाई गुमाएको कथा गीतमा देखाइएको छ। गीतको भिडिओमा सिर्जना अधिकारी, हर्क साउद, सुक्रिया खत्री, निराजन कार्की, लिजा कार्की, कस्मित बराइली अभिनय छ। 

नविन चौहानको निर्देशन तथा कन्सेप्टमा तयार भएको गीतलाई संगीता कार्कीले निर्माण गरेकी हुन्। सौरभ लामिछानेले छायांकन गरेको गीतलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन्।

यसअघि आर्टमाण्डुले ‘के माया लाग्छ र?’, ‘तीनपाते’ जस्ता गीत ल्याएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .