कला


शर्ट फिल्म ‘उच्च शिक्षा’को टिजर सार्वजनिक (भिडिओ)

शर्ट फिल्म ‘उच्च शिक्षा’को टिजर सार्वजनिक (भिडिओ)

नेपालखबर
असोज ३०, २०७९ आइतबार १३:२, काठमाडौँ

मगन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको शर्ट फिल्म उच्च शिक्षा : एजुकेसन फर कमनरको टिजर सार्वजनिक भएको छ ।

विदेशमा गएर अध्ययन गर्न सक्नु राम्रो हो तर अहिलेको अवस्थामा प्रायः युवाहरुमा विदेश गएर अध्ययन गर्नु सौख बढिरहेको छ। 

विदेशमा गएर अध्ययन गर्नु पक्कै पनि सामान्य आर्थिक अवस्थाले असम्भवसरह नै हो जसले अभिभावक र छोराछोरीबीच तिक्तता उत्पन्न हुनसक्छ। 

यसै विषयलाई लिएर फिल्म बनाइएको हो। सामान्य परिवारको समसामयिक घटनाक्रमलाई आधार मानेर निर्माण भएको यस सर्ट फिल्मको लेखन तथा निर्देशन रजिन महर्जनले गरेका हुन्। 

रामचन्द्र महर्जन र जमुना महर्जन निर्माता रहेको यस शर्ट फिल्म नेवारी र नेपाली दुवै भाषामा सार्वजनिक गरिनेछ। विक्रम महर्जन सहनिर्देशन र सन्जिव रत्न शाक्यको कलरकरेक्शनमा तयार भएको यस शर्ट फिल्ममा मुख्य पात्रको रुपमा लक्ष्मी कुमार महर्जनका साथै क्रिसल श्रेष्ठ, कृष्ण भक्त महर्जन, सुदिप भजु, सकिना बट, श्रयम महर्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ। 

यसलाई उत्तम हुमागाईको टिमले छायांकन गरेका हुन्। यस शर्ट फिल्मलाई मगन इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad