ad ad

कारोबार


तिहार नजिकिएसँगै बढ्यो कुचोको माग, मूल्य १५० देखि २०० रुपैयाँसम्म

तिहार नजिकिएसँगै बढ्यो कुचोको माग, मूल्य १५० देखि २०० रुपैयाँसम्म

नेपालखबर
असोज ३०, २०७९ आइतबार १३:९, काठमाडौँ

तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ।

लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाइटीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको हो। 

कुचोको माग बढेसँगै व्यवसायीहरुलाई कुचो बनाउन भ्याइनभ्याइ भएको छ। नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाडौंको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताए। उनले नेपालमा कुचोको काम गर्न थालेको ६ वर्ष भएको र त्यसअघि भारतमा कपनि कुचो व्यवसाय गरेको बताए। 

उनले आफूले उत्पादन गरेका कुचोहरु नेपालमा भन्दा धेरै भारतमा पठाउने गरेको बताए। यस वर्ष भने देशकै आर्थिक अवस्था कमजोर भएकाले नेपालमा कुचोको माग धेरै नरहेको बताए। उनले देशको आर्थिक मन्दीका कारण यस वर्ष गत वर्षको तुलनामा आधा पनि व्यापार नहुने अवस्था रहेको बताए। उनले अहिले बजारमा कुचोको मूल्य १५० देखि २०० रुपैयाँसम्म पर्ने गरेको बताए। 

उनले भने, ‘१४/१५ वर्ष भयो कुचो व्यापार गर्न थालेको। नेपालमा काम गर्न थालेको ६ वर्ष लाग्यो। भारतमा धेरै सेल गर्छु। अम्रिसो पहाडका क्षेत्रतिर पाइन्छ। कोरोनापछि अहिले पनि राम्रोसँग व्यापार भएको छैन। आर्थिक अवस्था कमजोर भएकाले पनि होला व्यापार धेरै छैन। व्यापार राम्रो होला जस्तो छैन यस वर्षको तिहारमा। पहिला तिहारका तीन महिनाको बीचमा राम्रो व्यापार हुन्थ्यो।’ 

उनले झाडु, कुचो, थुन्से, नाम्ला बेच्ने गरेका छन्। तर यसपालि त्यसको आधा पनि हुनसक्ने स्थिति नभएको उनको अनुभव छ। 

उनले थपे, ‘बजारमा पैसा नै छैन। अहिले २ सय छ, तर घटेर १५० सम्म आउने स्थिति छ। यस वर्षको तिहारमा पनि आर्थिक अवस्था कमजोर रहेकाले माग पनि खासै आइरहेको छैन।’

त्यस्तै गोरखनाथ कुचो सप्लायर्सका बजार व्यवस्थापक सुदीप श्रेष्ठले भने तिहार लागेसँगै बजारमा कुचोको माग अत्याधिक बढेको बताए।

उनले नेपाली बजारमा तिहारका लागि काठमाडौं उपत्यकाबाहेकका अन्य जिल्लाहरुबाट पनि माग आएको र गत सालको भन्दा धेरै माग बढेको बताए। उहाँले अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचो बजारमा पठाइरहेको बताए। 

उनले भने, ‘बजारमा अहिले नर्मल कुचोको मूल्य नै ८० रुपैयाँदेखि २०० रुपैयाँसम्म छ। तिहारका लागि धेरै माग बढेको छ। काठमाडौंमा मात्रै नभइ अन्य जिल्लामा पनि धेरै माग छ। पोहोरको भन्दा धेरै माग छ। अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचा पठाइरहेका छौँ।’

तिहार नजिकिएसँगै डोको, डालो र कुचोको पूजा गर्नका लागि यो समयमा कुचो खपत अरू समयभन्दा धेरै हुने गर्छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .