फिल्म ‘पोइ पर्यो बुढो’मा राजीव गुरुङ अर्थात दीपक मनाङेले प्रवेश गरेका छन्। केही वर्षअघि निर्माण भएर प्रदर्शनमा आएको ‘पोइ पर्यो काले’को सिक्वेलका रुपमा निर्माण हुन लागेको यो फिल्ममा दीपक निर्माताका रुपमा भित्रिएका हुन्।
फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेलेले फिल्ममा सहकार्य गर्न लागेको बताए।
उनी भन्छन् ‘निर्माताका रुपमा उहाँसँग हामी सहकार्य गर्दैछौं ।’ यो उनीहरुको दोस्रो सहकार्य हो । नेपाली र मनाङेले अहिले प्रदर्शन भैरहेको फिल्म ‘दुई नम्बरी’मा पनि सहकार्य गरेका थिए ।
फिल्ममा निर्माता बन्न तम्सिएका मानाङे गण्डकी प्रदेशको प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
चुनाव लगत्तै छायांकनमा जाने तयारीमा रहेको यो फिल्म फिल्म दीपन्द्र लामाको निर्देशनमा बन्ने छ।
Shares

प्रतिक्रिया